बड साकोस चौधौं बार्षिक साधारण सभा सम्पन्न

  • Home
  • -
  • News
  • -
  • बड साकोस चौधौं बार्षिक साधारण सभा सम्पन्न
बड साकोस चौधौं बार्षिक साधारण सभा सम्पन्न

बड साकोस चौधौं बार्षिक साधारण सभा सम्पन्न

बड साकोसले आफ्नो चौधौं वार्षिक साधारण सभा २०८१ पौष २० गते भव्यताका साथ सम्पन्न गरेको छ। सभाको आयोजना सम्राट पार्टी प्यालेस मा गरिएको थियो, जहाँ संस्थाका सदस्यहरू, शेयरधनीहरू, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सभामा साकोसका अध्यक्ष  थ्रीलाल भट्ट ज्युले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष वर्ष को उपलब्धिहरू, आय-व्यय विवरण, र आगामी योजना सार्वजनिक गर्नुभयो। संस्थाको बचत र ऋण लगानीमा उल्लेखनीय वृद्धि भएको जानकारी दिँदै उहाँले संस्थालाई अझ सशक्त बनाउन सदस्यहरूको सक्रिय सहभागिता र योगदानको आवश्यकतामा जोड दिनुभयो।

त्य्स्तै सभामा उपस्थित सदस्यहरूले संस्थाको आर्थिक पारदर्शिता र सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा थप प्रगतिका लागि विविध सुझाव प्रस्तुत गरेका थिए। सभाको अन्त्यमा संस्थाले आफ्ना उत्कृष्ट सदस्यहरूलाई सम्मान गर्दै आगामी दिनहरूमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।